आफूलाई मनमा लागेको कुरा स्पष्टसँग राख्ने र कुनै पनि विषयमा आफ्नो विचार राख्न नहिचकिचाउने नायिका हुन् करिश्मा मानन्धर ।
उनलाई कुनै पनि क्षेत्रमा व्यथित असमानता र विकृति मन पर्दैन र यसको खण्डन गर्न पनि डराउँदिनन् । यसले कुनै बेला उनलाई आलोचना पनि दिलाउने गरेको छ भने प्राय उनले उठाउने विषय केही गम्भीर र यथार्थ हुन्छन् । यसैबिच करिश्माले आफूलाई अन्तर्वार्ता अथवा कुनै प्रसङ्गमा सोधिने प्रश्न माथि असन्तुष्टि व्यक्त गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा आफू यो उमेरमा आइपुग्दा पनि प्रेम सम्बन्धका विषयमा प्रश्न सोधिने र यसले आफू र आफ्नो परिवारलाई मानसिक रूपमा पर्ने दबाबको हेक्का नराखिने भनी असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले आफूसँग नाम जोडिएका व्यक्तिको प्रेम सम्बन्ध बारे सोधिने तर नाम जोडिने उक्त पुरुषलाई भने केही नसोधिने बताउँछिन् । उनले यो महिला भएको आधारमा हेप्ने प्रवृत्ति भएको उल्लेख गर्छिन् ।