नेपालगन्ज : रिलिज भएको छिटो समयमै गायिका उर्मिला लाम्गाडेको नयाँ गीत युटुबको ट्रेन्डिङमा पर्न सफल भएको छ। बिहीबार बुढासुब्बा डिजिटलको युटुब च्यानलबाट रिलिज भएको ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीत २४ घण्टा नहुँदै युटुब ट्रेन्डिङमा पर्न सफल भएको हो।
यो समाचार तयार पार्दासम्म गीतको भिडियो युटुबको ३५ औं स्थानमा आइपुगेको छ। त्यस्तै, भिडियोलाई १४ हजार बढी लाइक पनि मिलेको छ भने १७ सय बढी सकारात्मक कमेन्ट प्राप्त भएको छ।
गीतमा उर्मिलाकै सुमधुर आवाज रहेको छ। माया प्रेममा बाँधिएको एक प्रेम जोडिको प्रेमिल कथा गीतकार दिग्गज धरौलीले गीतमा शब्द मार्फत उतारेका छन् । प्रेम सम्बन्धमा रहेमा जोकोहीलाई धरौलीका शब्दले छुने गर्छन् । त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि पृथक शैलीको संगीत दिएका छन् । लोक आधुनिक शैलीमा अर्जुनले गीतमा संगीत भरेका छन् ।
उर्मिलाको पनि गायिकी गीतमा उत्कृष्ट छ। समग्रमा गीत मेलोडियस छ। सुन्न र डान्स गर्न मिल्ने उक्त गीत छोटो समयमै धेरैले रुचाएका छन् । बाहिरी देश न्युयोर्कमा रहेर पनि उर्मिलाले नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेकी छिन् । यस गीतमा उर्मिलाको आवाजालाई धेरैले तारिफ गरेका छन् । युटुबमा पनि उनलाई राम्रो प्रतिक्रिया मिलेको छ।
डान्सिङ प्याटर्नको गीतको भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा नायिका पूजा शर्मा र राज कटुवाल फिचर्ड छन् ।
भिडियोलाई फिल्मी शैलीमा निर्माण गरिएको छ। भिडियोका निर्देशक कविराज गहतराज हुन् । भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने अर्जुन डिसीले सम्पादन गरेका हुन् । भिडियो बुढासुब्बा डिजिटलको अफिसियल युटुव च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..