
नेपालगन्ज : विगत लामो समयदेखि नेपाली गीतसंगीतमा क्रियाशिल सर्जक रोशन परियारको नयाँ गीत पछिल्लो समयमा चर्चामा रहेको छ।
केही दिन अगाडि सार्वजनिक “हाँसो संगै आँसु” बोलको गीतलाई यतिबेला टिकटक, युटुब लगायतमा एकदम रुचाइएको छ। गीतमा अर्जुन सापकोटा, पुर्णकला बिसी र बिक्रम क्षेत्रीको सुमधुर आवाज रहेको छ। गीतमा सर्जक रोशन परियारको संगीत अनि अमितबाबु रोकायको शब्द रहेको छ।
वियोगान्त माया प्रेममा आधारित गीत एकदम मेलोडियस छ। गीतका शब्द पनि मर्मस्पर्शी छन् । रोशनले अन्य गीत भन्दा यस गीतमा फरक खालको संगीत दिएका छन् । गीतमा अर्जुन, पुर्णकला र बिक्रमको गायिकी उत्कृष्ट छ।
गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा लोकप्रिय मोडल अञ्जली अधिकारी र पछिल्लो समयका भाइरल कलाकार अर्जुन बिक फिचर्ड छन् । उनीहरुको अभिनय भिडियोमा तारिफयोग्य छ।
भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । भने, भिडियोमा राजेश घिमिरेको छायांकन अनि लक्ष्मण चौहानको सम्पादन रहेको छ।
गीतलाई दर्शक स्रोताले एकदम रुचाएका छन् । युटुबमा पनि गीतलाई राम्रो राम्रो कमेन्ट प्राप्त भएको छ। गीतको भिडियो मेसना म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..