नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय केही व्यस्त नै छिन् । म्युजिक भिडियोमा सक्रिय भएकी गौतम सामाजिक कार्यमा पनि सक्रिय भएकी छिन् । कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएका हरूको सहयोगमा उनी जुटेकी हुन् । उनले काठमाडौंको पुरानो बसपार्कमा भोकै रहेकालाई खान खुवाएकी छिन् । मङ्गलवार पुरानो बसपार्क पुगेर आफैले खाना बाँडेर तथा हन्ड्रेड ग्रुपका संस्थापक अंशु यादवलाई २० हजार रुपैयाँ हस्तान्तरण समेत गरेकी छिन् । हन्ड्रेड ग्रुपले लकडाउन भए यता त्यस क्षेत्रका असहाय र चाक टार्न असमर्थलाई खाना खुवाइरहेको छ । आर्थिक सहयोग गर्न एलिजालाई मेलबर्नमा रहेकी वर्षा केसी र हिमाल श्रेष्ठले सहकार्य गरेका हुन् । एलिजाले आफ्नै हातले खाना खुवाएकी हुन् । तस्बिरमा हेरौँ एलिजाको समाज सेवा!!
- आयानका दुई तीज गीत ‘घुमाउँछु चार दिन’ र ‘लाहुरे भेना’: दुबैलाई दर्शकको औसत साथ
- ‘भविष्यमा नयाँ दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा लिएको छु’ – संगीतकार पुन
- ‘काली पसम कि’ले मलाई अब्बल सृजना गर्नुपर्ने चुनौती थपिदियो : प्रेम सापकोटा सोनु
- फिल्म ‘डिएनए’को निर्माण घोषणा, एक्सन थ्रिलर जनरामा बन्ने
- युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘खुस्मा’को नयाँ गीत ‘रुकुम मैकोट’
- फिल्म ‘हन्टर’को निर्माण घोषणा, एक्सन अवतारमा देखिँदै अरुण
- ‘बुलाकी’को ट्रेलर रिलिज, प्रचारप्रसारलाई दिइयो तिव्रता
- रचना रिमालले गाइन पहिलोपटक लोक दोहोरी गीत “नरोउ नरोउ निरमाया” (भिडियो)
- लोकप्रिय गीत ‘आमाको माया’को फिमेल भर्सनमा रेखा जोशीको आवाज (भिडियो)
- टंकको “माया नमार्नु नि है”मा दुर्गेश र अलिशाको ठुम्का (भिडियो)
- बाग्लुङ्गे गायक प्रकाश कंडेलको तीज गीत “चलबुले बैँस” रिलिज (भिडियो)
- गायक कृष्ण काफ्लेले पाए ‘पर्ख पर्ख मायालु’ गीतबाट ५ करोड
- सर्जक नारायण कँडेलको सृजनामा कारुणिक प्रेम कहानी समेटिएको गीत “आफ्नोपन” रिलिज
- “बागेश्वरी क्युएफएक्स” अर्को साताबाट खोल्ने तयारीमा छौं : प्रबन्धक सन्जीव शाक्य