चलचित्र ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङको निधन

चलचित्र “प्रेम गीत ३”का निर्देशक छेतन गुरुङको निधन भएको छ। मंगलवार साँझ काठमाडौंको मेट्रो अस्पतालमा उनको ४२ वर्षको उमेरमा निधन भएको निर्माता तथा कलाकार सन्तोष सेनले जानकारी दिएका छन् । लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्मको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङ चलचित्र ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा होमिएका थिए । उनी निर्देशित नयाँ चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शनमा आउन बाँकी छ । लकडाउनमा कारण यो चलचित्र प्रदर्शनमा आउन नसकेपछि उनी केही महिनायता चलचित्र ‘हुतुतु’ को तयारीमा थिए । यो चलचित्रको उनी आफैंले निर्देशन गर्दै थिए ।

प्रतिक्रिया

TOP