
नेपालगन्ज : डेव्यु गीत ‘छोटो छ जिन्दगी’ बाटै लोकप्रिय बनेकी गायिका हुन् मेलिना मैनाली । पहिलो गीतबाटै आफ्नो सुमधुर आवाजको जादु छर्न सफल उनलाई पछिल्लो समय नयाँ गीतको लागि धमाधम अफर आइरहेको छ। उनका नयाँ गीत ब्याक टु ब्याक रिलिज भइरहेका छन् ।
यसैबीच, मेलिनाको फेरि अर्को नयाँ गीत रिलिज भएको छ। रिलिज भएको ‘साह्रै याद आउँछ’ बोलको गीतमा मेलिनाकै सुमधुर आवाज रहेको छ । गीतमा किरण के उप्रेतीको शब्द अनि पुष्कर सुनुवारको संगीत एवम् अरेन्ज रहेको छ।
समग्रमा गीत मेलोडियस छ। मेलिनाको गायिकी पनि गीतमा अब्बल छ। एक प्रेम जोडिको भेट नहुँदा प्रेमिकालाई आउने यादहरुको बारेमा गीतमा उतारिएको छ।
गीतको अडियोसंगै भिडियो पनि आकर्षक छ। भिडियोमा मेलिनालाई मात्र फिचर्ड गराइएको छ। भिडियोलाई खिच्ने र सम्पादन गर्ने काम नवीन सुनुवारले गरेका छन् । गीत पुष्कर सुनुवारको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..