ज्ञानु संगम खड्का/नेपालगन्ज : विगत आधा दशक भन्दा बढी समयदेखि नेपाली कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागिरहेकी कलाकार तथा मोडल हुन रुबिना अधिकारी ।
बाँके जिल्लालाई प्रतिनिधित्व गर्दै देश तथा विदेशमा ख्याति कमाई सकेकी रुबिना पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त बनिन् । रुबिनाकै व्यस्तताको कुरा गर्नुपर्दा यस वर्ष तीजलाई लक्षित गर्दै बजारमा आएका अधिकांश तीजका म्युजिक भिडियोमा रुबिनाको डान्स तथा अभिनय देख्न सकिन्थ्यो।
कोरोना भाइरस अनि त्यसपछि भएको लकडाउनका कारण अधिकांश कलाकारहरुलाई नराम्रै असर पर्यो। उसो त, त्यही असर रुबिनाले पनि खेप्नु नपरेको भने होइन। यद्यपि, लकडाउन हटेसंगै धमाधम म्युजिक भिडियोहरु बन्न थालेपछि भने रुबिनाको सक्रियता पनि म्युजिक भिडियोमा बढ्न थाल्यो।
यो वर्ष मात्रै उनले ८ वटा तीजका म्युजिक भिडियोमा डान्स तथा अभिनय गरिन्। उनका सबै भिडियोलाई दर्शकले राम्रै रुचाए। त्यस मध्य पनि एउटा भिडियोलाई चाहिँ दर्शकले अत्याधिक रुचाए। त्यो भिडियो हो ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको म्युजिक भिडियो। जुन भिडियोले रुबिनाको कलाकारिता जीवनमा एक इतिहास बनाइदियो। इतिहास यश अर्थमा कि रुबिना आबद्ध उक्त भिडियो युटुबको करोस क्लबमा प्रबेश गर्न सफल रह्यो। करोडौं भ्युजसंगै राम्रो प्रतिक्रिया उक्त भिडियोलाई युटुवमा मिल्यो। हाल सम्म रुबिनाले अभिनय गरेका सबै म्युजिक भिडियो भन्दा उक्त भिडियो अत्याधिक सफल बन्यो।
गायिका मधु क्षेत्री र खेम सेन्चुरीको आवाज रहेको उक्त गीत यस वर्षको तीजमा सबैको मानसपटल अनि जिब्रोमा झुन्डियो। गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीत रहेको थियो। अडियोसंगै भिडियोमा गरिएका डान्स स्टेपहरु दर्शकले एकदम रुचाएको र फ्लो गरेको रुबिनाको पहिलो म्युजिक भिडियो हो।
भिडियोमा रुबिनासंगै लोकप्रिय मोडल तथा डान्सर अञ्जली अधिकारी, ओबी रायमाझी र लोमस शर्माको पनि आकर्षक डान्स रहेको छ। रुबिनासहित चारैजना डान्सरहरुले उक्त भिडियोमा गरेको डान्स स्टेपलाई नरुचाउने र फ्लो गरेर नाच्ने कोसिस गरे प्राय कमै रहे होलान यस वर्ष। प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका थिए भने विष्णु शर्माले सम्पादन गरेका थिए।
यो समाचार तयार पार्दासम्म भिडियोलाई युटुबमा १ करोड ३३ लाख बढी पटक हेरिएको छ। त्यस्तै, करिब ५ हजार कमेन्ट र १ लाख १० हजार बढी लाइक पनि मिलेको छ उक्त भिडियोलाई युटुबमा। त्यस्तै, टिकटकको कुरा गर्नुपर्दा पनि करिब २ लाख बढी टिकटक भिडियो बनेका छन् ।
यसरी, आफू आबद्ध एवम् डान्स गरेको म्युजिक भिडियोलाई अत्याधिक रुचाइँदा रुबिना एकदम हर्षित छिन् यतिबेला ।
‘अवसर मिल्यो राम्रो भिडियोमा काम गर्नलाई।’ रुबिना भन्छिन् , ‘हाम्रो यस गीतको अडियो तथा भिडियोमा आबद्ध सबैजनाको संयुक्त मिहेनतका कारण आज गीत सफल भयो। दर्शकले अत्याधिक रुचाएको यस गीतको भिडियो मेरो जीवनको पहिलो हो। यसरी दर्शकबाट माया पाउँदा झन कलाकारिता क्षेत्रमा जिम्मेवारी बढेको महसुस भएको छ मलाई। झन, हौसला एवम् जाँगर थपिएको छ । माया गर्ने भगवानरुपी दर्शकप्रति आभारी छु। गीतको भिडियो युटुबको करोड क्लबमा परेकोमा म सहित यस गीतको सम्पुर्ण टिमलाई बधाई पनि दिन चाहान्छु।’
हालसम्म सयौं भिडियोमा काम गरिसकेकी रुबिनाको आगामी दिनहरुमा नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लाग्ने र दर्शकसामु राम्रा राम्रा म्युजिक भिडियो ल्याउने योजना रहेको छ।