![](https://filmypatra.com/wp-content/uploads/2020/09/PicsArt_09-03-06.02.06-scaled.jpg)
नेपालगन्ज : पछिल्लो समयको लोकप्रिय गीत ‘हेर यो मुटुमा चिरा पर्या छ’ को म्युजिक भिडियोबाट चर्चामा आएका सन्चारकर्मी तथा कलाकार हुन् चिरञ्जीवी सापकोटा ।
विगत लामो समयदेखि सन्चारकर्म संगै कलाकारिता क्षेत्रलाई निरन्तरता दिइरहेका सापकोटा अभिनित “हेर यो मुटुमा चिरा पर्या छ” म्युजिक भिडियो लोकप्रिय बनेसंगै यता उनलाई अभिनयको लागि धमाधम अफर आइरहेको छ।
यसबीच,केही हप्ता अघि एउटा नयाँ म्युजिक भिडियोको लागि चिरञ्जीवीले साइन गरेका थिए।एस थ्रीके इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुने ‘बहिनी’ बोलको म्युजिक भिडियोमा उनी आबद्ध भएका हुन् । तर उक्त भिडियोमा बहिनीको भुमिकामा को होला भन्ने कौतुहलता सबैमा छाएको थियो।
अन्ततः चिरञ्जीवीको बहिनी भएर मोडल सुजल बम आउने पक्का भएको छ। निर्माण टिमले चिरञ्जीवी र सुजल सहितको नंया पोस्टर सार्वजनिक गर्दै औपचारिक जानकारी दिएको हो। उसो त, भिडियोमा अर्को फिमेल मोडल पनि रहने निर्माण टिमले जनाएको छ। यद्यपि, मोडलको नाम भने गोप्य राखिएको छ।
सुजल आबद्ध भएसंगै उक्त म्युजिक भिडियोको लागि दर्शकको बेग्र प्रतीक्षा रहेको छ। चिरञ्जीवी र सुजलको अभिनय भिडियोमा कस्तो होला भन्ने उत्सुकता यतिबेला धेरैमा छाएको छ।
तीज सकिए लगत्तै बजारमा आउने भनिएतापनि काठमाडौंमा भएको दोस्रो चरणको लकडाउनले भिडियोको सम्पुर्ण कार्य रोकिएको र लकडाउन सकिएपछि भिडियो रिलिज गर्ने तयारी भइरहेको कलाकार सापकोटाले फिल्मी पत्रलाई जानकारी दिए।
उनका अनुसार भिडियोलाई बिक्रम चौहानले निर्देशन गर्नेछन् । पोस्टर डिजाइन दिन्सन शाहले गरेका हुन् भने फोटोग्राफी हरी न्यौपानेको रहेको छ। गीतको परिकल्पना भने सर्जक सतिश अधिकारीले गरेका हुन् । गीतको अडियो तर्फ शब्द सतिश अधिकारीको अनि संगीत एवम् स्वर हेमन्त कान्छा रसाइलीको रहेको बताइएको छ।
चिरञ्जीवीको नयाँ म्युजिक भिडियोलाई दर्शकले कत्तिको रुचाउने हुन् , त्यो त सार्वजनिक मिति नै कुर्नुपर्ने हुन्छ। चिरञ्जीवी पनि दर्शकले नयाँ भिडियोलाई कत्तिको रुचाइदिने हुन् भन्ने कुरामा उत्साहित रहेका छन् ।