अभिनेत्री रेखा थापा ‘बिपासना’मा पुगेर ध्यान गरिरहेकी छिन् । मंगलबारबाट सुरु भएको रेखाको ध्यान १० दिन सम्म हुनेछ । अब रेखाले १० दिन सम्म मौन व्रत पनि बस्नुपर्नेछ । रेखाले मोबाइल पनि चलाउन पाउदिनन् । खाना पनि एक पटक मात्र खान पाउनेछिन् ।
धर्ममा निकै विश्वास गर्ने रेखा योग, ध्यान पनि गरिरहन्छिन् तर यति लामो समय सम्म ध्यान गर्छु भनेर सुरु गरेको भने पहिलो चोटि हुनुपर्छ । बोलिरहनुपर्ने, फोन चलाइरहनुपर्ने, चन्चले स्वभावकी रेखाले १० दिन ध्यान कसरी गर्छिन् होला ? कठोर एक्सर्साइज गरेर ज्यान घटाएकी रेखाको कठोर ध्यान सफल होला कि नहोला त्यो हेर्न बाँकि छ ।
रेखाको आफ्नो नयाँ फिल्मको पनि तयारी भैरहेको छ । उनको फिल्मको हाल स्कृप्ट लेखन कार्य भैरहेको छ । रेखाको फिल्मको स्कृप्ट पहिले नै तयार भएको थियो । कोभिड १९ का कारण लकडाउन हुदा फिल्मको छायाँकन हुन नसकेपछी फिल्मको स्कृप्ट चेन्ज भएको हो । फिल्मको मुख्य भुमिकामा रेखा आफै र सौगात मल्ल हुनेछन् ।