
अभिनेता पल शाहलाई ‘किङ अफ म्युजिक भिडियो’ भनेर चिनिन्छ । उनले खेलेका दर्जनौं म्युजिक भिडियो सुपर हिट छन् । थुप्रै फिल्ममा पनि अभिनय गरेका पलको फ्यान फलोइङ पन निकै राम्रो छ ।
कोरोना महामारीका कारण पल अभिनित फिल्म ‘म यस्तो गीत गाउछु २’ रिलिज हुन सकेको थिएन । त्यसपछी नेपालमा लकडाउन सुरु भयो । लगभग ३ महिना पछि लकडाउन खुकुलो हुदा पलले मौकामा चौका हानेर थुप्रै म्युजिक भिडियोमा अभिनय गरे । उनले अभिनय गरेका हरेक म्युजिक भिडियो सुपर हिट भयो । १ लाख पारिश्रमिक लिने पललाई म्युजिक भिडियोमा खेलाउनेको ताती नै लाग्यो ।
यतिबेला पल शाह अभिनित ४ ओटा म्युजिक भिडियो युट्युवको ट्रेन्डिङमा छ । त्यसो त पलले अभिनय गरेका सबै भिडियो ट्रेन्डिङमा आउने गरेको छ । तर, एकै पटल ४ ओटा आएको भने संभवत पहिलो पटक हो । ‘आलु जस्तो गायक’ ‘लाइदिम कि मोहनी’ ‘पहिलो पल्ट भेट हुदा’ ‘माया गरौँला’ बोलको गीतहरु क्रमश ५, ८, ७ र ४४ मा छ ।
यता पल पनि आफ्नो ४ ओटा भिडियो एकै पटक ट्रेन्डिङमा आउदा निकै खुसी छन् । उनले आफू अभिनित ४ ओटा भिडियो ट्रेन्डिङमा आएको जानकारी दिदै फ्यानलाई धन्यवाद समेत दिएका छन् । उनि अभिनित केही भिडियो अझै पोस्ट प्रोडक्सनमै छ ।