
काठमाडौं : लोकप्रिय गायिका समीक्षा अधिकारीलाई जन्म दिने जन्मदाता अर्थात् समिक्षाका बुवाको आज जन्मदिन। समिक्षाले बुवासँगको एक तस्वीर आफ्नो फेसबुकमा सार्वजनिक गर्दै जन्मदिनको शुभकामना दिएकी छिन्।
जन्मदिने बुवासँगको फोटो सहित उनले केही मनछुने कुरा पनि लेखेकी छिन्। घरको मुल खम्बाको रुपमा समिक्षाले बुवालाई लिएको स्टाटसमा उल्लेख गरेकी छिन्। त्यति मात्रै कहाँ होर उनले बुवालाई एक असल बुवा मात्र नभएर असल साथीको रुपमा लिएको पनि समिक्षाले भनेकी छिन्।
बुवाको अठोट र अडानले गर्दा आफू अगाडि बढ्न प्रेरित भएको कुरा समेत उनको स्टाटसमा उल्लेख छ। समग्रमा उनले बुवाको लागि खर्चिएका शब्दहरु यस्ता छन्:-
“हजुर घरको मुल खम्बा, हजुरको दुख देखेर म दुख गर्न प्रेरित हुन्छु, हजुरको अडान र अठोट देखेर म अघि बढ्न प्रेरित हुन्छु। एउटा असल बुबा मात्र नभएर एउटा असल साथीका रुपमा हजुरलाई पाएकी छु बाबा। हजुरका हरेक अप्ठ्यारा अनि सप्ठ्यारोमा मलम पट्टी बनेर सदा उभिरहन पाउ।म रहुन्जेल हजुरलाई देखिरहन पाउ।ईश्वरले मेरो भागका हरेक सुख हजुरको भागमा राखिदिउन् बाबा। हजुरलाई जन्मदिनको लाखौं लाख शुभकामना। सधैं हजुरको अनुहार हासोले चम्किरहोस।”
वास्तवमा समिक्षाको स्टाटस पढ्दा बुवाको योगदान समिक्षाले गहिरो तरिकाले बुझेको स्पष्ट हुन्छ। समिक्षाका बुवाको नाम देवीलाल अधिकारी हो। साँच्चिकै समिक्षाका बुवा एक असल बुवा हुन्। आफ्नो सन्तानको लागि एक असल बुवाले निर्वाह गर्नुपर्ने दायित्व समिक्षाका बुवाले गरेका छन्।
अब कति सम्म योगदान गरे त्यो त समिक्षालाई मात्रै होइन सारा नेपालीलाई थाहै छ। छोरीको जीवनमा घटेको नमिठो घटनामा कत्ति पनि बिचलित नभएर छोरीलाई हरपल साथ दिएर हौसलासहित अगाडि बढ्न प्रेरित गरेको कुरा त सबैले मनन गरेकै कुरा हो। जे होस्, आज समिक्षाले मात्रै होइन हजारौंले उनलाई जन्मदिनको शुभकामना दिएका छन्।
समिक्षा काठमाडौं बसेपनि उनका बुवा सहितको परिवार पोखरा बस्छ। समीक्षा बेलाबेला घर जाने गर्छिन्। बुवालाई प्रेरणाको स्रोत मान्ने समीक्षा पछिल्लो समय गायनमा निकै व्यस्त छिन्। दैनिकजसो गीत रेकर्डिङमै समिक्षाको समय व्यतीत भएको छ।