‘समिक्षालाई पाएँ भने भाग्यमानी हुनेछु’- आमेश भण्डारी

काठमाडौं : पछिल्लो समय गायिका समीक्षा अधिकारीको प्रेम सम्बन्धले निकै चर्चा पाएको छ। अभिनेता तथा गायक समेत रहेका आमेश भण्डारीसँग समीक्षा अधिकारी गहिरो प्रेम सम्बन्धमा छिन् भन्ने हल्ला यतिबेला बजारमा व्याप्त छ। यो विषय बारे समीक्षा भने मौन छिन् । उनी पछिल्लो समय धमाधम नयाँ नयाँ गीत रेकर्डिङमै व्यस्त छिन्।

तर यता आमेशले भने समीक्षा र आफ्नो सम्बन्ध बारे मुख खोलेका छन्। अष्ट्रेलियाबाट केही दिन अघि मात्रै नेपाल फर्किएका आमेशले आउने बित्तिकै समिक्षालाई भेटेको स्रोत बताउँछ। यसैबीच, आमेशले चलचित्र पत्रकार प्रकाश सुवेदीसँग अन्तर्वार्ता समेत गर्न भ्याए।

आमेशले उक्त अन्तर्वार्तामा समिक्षासँग विवाह गर्न आफू तयार रहेको बताएका छन्। समिक्षा जस्तो साहसी केटी अरु कोही नभएको भन्दै यदि समिक्षासँग विवाह भयो भने आफू निकै भाग्यमानी हुने समेत दावी गरे।

‘समीक्षाको परिवार तपाईँको परिवारमा केटा माग्न आउनुभयो भने के भन्नुहुन्छ ?’ प्रस्तुतकर्ता प्रकाश सुवेदीको प्रश्नमा आमेशले जवाफ दिएका छन् ‘हुन्छ भन्छु । मेरो उमेर पनि भयो ।’

पछिल्लो केही समययता आमेश र समीक्षा टिकटक भिडियोमा एकसाथ देखिने गरेका छन् । विशेषगरी अस्ट्रेलियामा रहँदा यी दुईका टिकटक भिडियो धेरै सार्वजनिक भएका हुन्थे । सोहीकारण उनीहरूबीच प्रेम सम्बन्ध रहेको समेत चर्चा चलेको छ । अन्तर्वार्तामा आमेशले समीक्षासँग प्रेम सम्बन्ध नभएको र मिल्न साथी भएको जवाफ दिएका छन् ।

प्रतिक्रिया

TOP