
काठमाडौं : गायन क्षेत्रमा संघर्षरत युवा गायक हुन् सौगातजंग क्षेत्री। आफ्नो आवाज मार्फत दर्शक स्रोतामाझ ठूलो धोको छ उनको। यसैक्रममा उनले करिब आधा दर्जन गीतमा आवाज दिइसके।
हालसालै मात्र उनको आवाज रहेको एउटा नयाँ गीत बजारमा छ। ‘कुरै कुरामा’ बोलको गीत केही दिन अघि बजारमा रिलिज भएको हो। सौगातको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ।
सौगातका अलवा गायिका सुरक्षा सिन्चुरीको पनि सुमधुर आवाज गीतमा रहेको छ। गीतको शब्द धुर्व प्रसाद अमगाईँले लेखेका हुन् ।भने, संगीत चाहिँ विशाल निरौलाको रहेको छ। सौगात र सुरक्षाको आवाज गीतमा मेलोडियस सुनिएको छ।
त्यस्तै, भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा अन्जना राउत र दिपेश परियार फिचर्ड छन् । मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोलाई सुजन श्रेष्ठले आकर्षक फ्रेममा खिचेका छन् । भने, सम्पादन सिलन लम्सालले गरेका छन् । भिडियो..