
काठमाडौं : इन्स्टाग्राम र फेसबुक रिल्स अब आधिकारिक रूपमा नेपालमा उपलब्ध हुने भएका छन् । संगीत रोयल्टी संकलन समाज नेपालले फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटासँग सम्झौता गरेसँगै इन्स्टाग्राम र फेसबुक रिल्स आधिकारिक रूपमा उपलब्ध हुने भएका हुन् ।
संगीत रोयल्टी संकलन समाज नेपालले संगीत लाइसेन्स र प्रकाशनका लागि मेटासँग सम्झौता गरेको हो । यो सम्झौताले कलाकार र संगीत रोयल्टी संकलन समाज नेपालका सदस्यहरूलाई संगीत रचनाको रोयल्टी उपलब्ध गराउन सहयोग पुग्ने संगीत रोयल्टी संकलन समाज नेपालका चिफ टेक्नोलोजी अफिसर मंगेश दुत्तले बताए।
विश्वभर रोयल्टी संकलनका लागि नेपालबाट हस्ताक्षर भएको यो पहिलो अन्तर्राष्ट्रिय सम्झौता हो । संगीत रोयल्टी संकलन समाज नेपाल नेपालको प्रतिलिपी अधिकार कानुन अन्तर्गत स्थापना भएको गैर सरकारी र नन प्रफिट संस्था हो । यसले लेखक र रचनाकारहरूको अधिकारको संरक्षण र व्यवस्थापन गर्छ ।