
काठमाडौ : निर्माता जयन श्रेष्ठले ठगि गरेको प्रमाण फेला परेको छ। एक नव-कलाकार सचिन अधिकारीसंग सिरिज बनाउन भनेर पैसा लिएर सिरिज पनि नबनाएको र पैसा पनि फिर्ता नगरेको भन्दै सचिनले फेसबुकमा जयनाले ठगि गरेको प्रमाणहरु पोस्ट गरेका छन्।

जयनले ‘हर्ट बिट’ नामक सिरिज बनाउनको लागि सचिनसँग पैसा लिएका हुन्। आफुले लिड रोलमा अभिनय गर्ने भनेर सचिनले जयनलाई पैसा दिएका हुन्। जयनको विरुद्ध सचिनले चाडै मुद्धा हाल्ने समेत बताएका छन्।
आफुले पहिले देखि नै वार्निङ्गदिएको तर जयनाले वास्ता नगरेको भन्दै उनि लेख्छन् -‘मैले भरोसा गरेर प्रोजेक्टको लागि पैसा दिए। धन्न पैसा जम्मा गरिदिएको रिसिभ छ। ठगि केस लाग्ला ! पैसा सब दिए प्रोजेक्ट के भाछ? कस्तो भाछ? पत्तो छैन।’‘पैसा नादिए सम्म प्रोजेक्ट गर्न पर्यो छिटो छिटो भन्नि? पछि पैसा पाईसकेपछि एता उता भयो भन्न थाल्ने। मैले मेरो स्टोरी दिए,अपार्टमेन्ट दिए, एक्टिङ्ग वर्कशपको लागि पैसा दिए, आर्टिस्टलाई पनी पैसा दिए, गीतको लागि पनि पैसा दिए, अहिले मसँग पैसा दिएको मात्र प्रमाण छ। २ बर्ष हुन लागिसक्यो त्यो पैसाको केही मतलब छैन। न साँउ, न ब्याज, त्यो भन्दा पनी एउटा फोन म्यासेज केही छैन्? फोन गर्दा फोन उठ्दैन’-उनले लेखेका छन्।

उनले लास्टमा लेखेका छन्- ‘म त ठगिए तर म जस्तो अरु ठगिन भएन।’ यस विषयमा बुझ्न हामीले जयनलाई सम्पर्क गर्दा जयनको फोन उठेन।
जयनले षट्कोण, किंग लगायतका फिल्म निर्माण गरेका छन्। यता सचिनले भने केहि सिरिजमा अभिनय गरिसकेका छन्। सचिन नेपाली चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका कलाकार हुन्।