
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा अब्बल डान्स गर्न सक्ने डान्सर हुन् अमर सुनार। ब्याक डान्सर हुँदै म्युजिक भिडियो निर्देशन समेत गरिसकेका अमर पछिल्लो समयका व्यस्त कोरियोग्राफर र निर्देशकको रुपमा चिनिन्छन।
आफ्नो लक्ष्यमा निरन्तर मिहेनत गरिराख्ने अमरले झन्डै ४ वर्ष ब्याक डान्सरको रुपमा डान्स गरे। करिब ५ सय बढी म्युजिक भिडियोमा ब्याक डान्स गर्दै गर्दै उनी विगत २ वर्षदेखि आफै भिडियोको कोरियोग्राफी अनि निर्देशन गर्दै आएका छन् । हालसम्म ३ सय बढी म्युजिक भिडियो कोरियोग्राफी एवम् निर्देशन गरिसकेका अमरका सयौं भिडियोहरु लोकप्रिय छन् ।
यसैबीच, उनले पछिल्लो समय निर्देशन गरेको एउटा म्युजिक भिडियो त युटुबको करोड क्लबमा समेत प्रवेश गरिसकेको छ। अमर निर्देशित “चल्यो बतास” बोलको म्युजिक भिडियोलाई युटुबमा १ करोड बढी पटक हेरिएको छ। करोड क्लबमा पुग्ने उनको यो पहिलो म्युजिक भिडियो हो।
भिडियोलाई यो समाचार तयार पार्दा सम्म करोड पटक हेरिनुका साथै ८३ हजार बढी लाइक र ५ हजार बढी सकारात्मक कमेन्ट युटुबमा मिलेको छ।
गीतको अडियो तथा भिडियो दुबै उत्कृष्ट रहेकोले पनि दर्शकस्रोताले छोटो समयमा अत्याधिक रुचाए। गीतमा मेनुका परियार र सिताराम परियारको आवाज रहेको छ।भने, गोबिन्द पंगेनीको शब्द अनि संगीत रहेको छ।
गीतको अडियो जति मेलोडियस सुनिन्छ,भिडियो पनि त्यतिकै आकर्षक बनाइएको थियो। भिडियोमा करिश्मा ढकाल र शरद एलजीको डान्स देख्न सकिन्छ। गीतको भाव अनुसार अमरले भिडियो निर्देशन गरेका थिए।
भिडियोमा अमरको निर्देशकिय पाटो तारिफयोग्य छ। प्रकाश खड्काले आकर्षक फ्रेममा खिचेको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका हुन् । भिडियो खरो मिडिया नामक युटुब च्यानलबाट रिलिज गरिएको हो।