नेपालगन्ज : कलाकारिताको दृष्टिकोणबाट मात्रै नभएर बौद्धिक कोणबाट पनि अब्बल नायिका हुन् केकी अधिकारी। नेपाली चलचित्र नगरिमा आफ्नो छुट्टै पहिचान बनाएकी केकीको फेसबुक एकाउन्टमा बौद्धिक तर्कसहितका स्टाटस देख्न सकिन्छ।
एक दशक बढी चलचित्र क्षेत्रमा अतुलनीय योगदान दिइसकेकी केकी युवाहरुको प्रेरणाको स्रोत पनि बनेकी छिन् । कलाकारितासंगै सामाजिक कार्यमा सरिक हुन रुचाउने उनी शुक्रबार नेपालगन्ज आएकी थिइन् । बास नेपालगन्जले आयोजना गर्दै आएको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ युथको २०० औं शृङ्खलामा विशेष वक्ताको रुपमा केकी उपस्थित भएकी थिइन् ।
आफ्नो करिअर अनि जीवन संघर्षका कुराहरू संगै चलचित्र यात्राको बारेमा दर्शकमाझ केकीले आफ्नो अनुभव बाँडेकी थिइन् । युवाहरुको अगाडि आफ्ना कुराहरु राख्न पाउँदा खुसी भएको कुरा व्यक्त गर्दै नेपालगन्ज यात्रा रमाइलो भएको बताएकी थिइन् । हेर्नुस् उनको नेपालगन्ज यात्राका तस्वीरहरु :-