
‘छ माया छपक्कै’को सिक्वेल बन्ने भएको छ। निर्माता रोहित अधिकारीले आफ्नो फेसबूकमा स्टाटस लेख्दै फिल्मको निर्माण हुने बारे जानकारी दिएका हुन्।
गत बर्ष ब्लकबस्टर भएको ‘छ माया छपक्कै’को पैसा, वितरकबाट उठाउन निकै सकस परिरहेको बेलामा रोहितले सिक्वेल बनाउने हिम्मत गर्नु ठुलै कुरा हो। जे होस्, अब सिक्वेलमा भने धेरै कुरा परिवर्त हुने कुरा रोहितले बताएका छन्।
हाल स्क्रिप्ट लेखन भैरहेको फिल्मलाई ‘छ माया छपक्कै’ कै निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्नेछन्। फिल्मको लिड रोलमा दीपकराज नै हुनसक्ने जानकारी छ। यता अभिनेता अनमोल के.सीसँग पनि मौखिक कुरा भैरहेको बताइएको छ। रोहितले अनमोललाई लिएर ‘गाजलु’ बनाएका थिए।
यस्तै दीपक र उनको टिमले ‘छक्का पन्जा ४’ को निर्माण तयारी पनि गरिरहेका छन्।